×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना त्रास : जुम्लाको गुठिचौर गाउँपालिकाका सबै नाका सिल

GLOBAL IME BANK

कोरोना त्रास : जुम्लाको गुठिचौर गाउँपालिकाका सबै नाका सिल

२६ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जुम्ला
  • अर्थ सरोकार सम्बाददाता 
जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले सबै नाका सिल गरेको छ । कोरानाभाइरसको रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि यहाँका सबै नाका सिल गरिएको गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार स्थानीयको माग र वर्तमान आवश्यकता अनुसार गाउँपालिकाका नाका सिल गरिएको हो ।
गाउँपालिका भित्र पर्ने छिमेकी जिल्ला डोल्पा र जाजरकोटबाट आउने नाका सिल गरिएको छ । ‘अपरिचित व्यक्तिलाइ वडा प्रवेश गर्न पनि निषेध गरिएको छ । एक वडाबाट अर्को वडामा आवत जावतमा पनि कडाई गरेका छौँ, भण्डारीले भने,‘अत्यावश्यकीय कामका लागि सम्बन्धित वडाको सिफारीस बिना आवातजावत गर्न नपाइने नियम बनाएका छौँ ।’ गाउँकार्यपालिकाको बैठकले पालिका भित्रका सबै नाकाहरु पूर्ण रुपमा अर्को सूचना जारी नभएसम्मका लागि सिल गर्ने निर्णय गरेको हो । गाउँपालिकाले कोराना भाइरस संक्रमण हुन नदिनको लागि स्थानीय सरकारले गरेको निर्णय स्वागतयोग्य रहेको बताएका छन् । 
सबै वडाका नागरिकलाई भिडभाड नगर्न, विकास निर्माणका काममा सामाजिक दुरी कामय गर्न र माक्स र सेनिटाइजरको प्रयोग गर्न सुझाव दिइएको छ । गुठीचौर गाउँपालिकामा प्रवेश गर्ने मुख्य प्रवेशद्वार दानसाँघु नाकामा आवतजावतमा बन्द गरिएको छ । दानसाँघु नाका हुदैँ धमाधम मानिसहरु प्रवेश गर्न थालेपछि गाउँपालिकाले कडाइ गरेको हो । सिल गरिएको नाकाबाट कोही ब्यक्ति गाउँ प्रवेश गरेको खण्डमा स्थानीय सरकारको निर्णय अनुसार जरिवाना गरिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: