
- अर्थ सरोकार सम्बाददाता
सप्तरी । सप्तरीको एउटै स्थानीय तहमा १६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको बलान बिहुल गाउँपालिकामा १६ जना संक्रमित थपिएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमितहरु गाउँपालिकाको वडा नम्बर ५ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर २ का १ जना रहेको स्वास्थ्य कार्यालय प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।
उनका अनुसार संक्रमितमध्ये एक जना ३५ वर्षीया महिलासमेत छिन् । संक्रमित सबैलाई सदरमुकाम राजविराजस्थित साइकृष्णा मेडिकल कलेजको आइसोलेसनमा ल्याउने तयारी भइरहेको उनले बताए । संक्रमित देखिएका सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिहरु हुन् । १६ जना संक्रमित देखिएसँगै सप्तरीमा मात्रै संक्रमितको संख्या ९३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्