×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँका सिडिओसहितको टोलीले गर्यो स्थलगत अनुगमन, सुरक्षा निकायलाईसमेत झुक्याएको फेला (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

काठमाडौँका सिडिओसहितको टोलीले गर्यो स्थलगत अनुगमन, सुरक्षा निकायलाईसमेत झुक्याएको फेला (भिडियो रिपोर्ट)

३० बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ  । कोभिड नियन्त्रण तथा रोकथाम समन्वय समिति काठमाण्डौले विहिबार सवारी अनुगमन गरेको छ । काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका अधिकारीसहितको टोलीले सवारी आवागमनको स्थलगत निरीक्षण गरेको हो । निषेधाज्ञामा काठमाण्डौका सडकमा उल्लेख्य मात्रामा सवारी साधन सञ्चालन हुन थालेपछि सवारी पासको दुरुपयोगको अनुसन्धान गर्न टोली स्वयम्र सडकमा निस्किएको हो ।
अनुगमनको क्रममा सवारी पासको दुरुपयोग गरेको पाईएको महानगरिय प्रहरी परिषरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिनुभयो । सवारी साधनहरुले अस्पतालको पास अगाडि राख्ने र भित्र अरुनै सामाग्री राखेर सुरक्षा निकायलाई झुक्याएको भेटिएको उहाँले बताउनुभयो । उहाँले सुरक्षाकर्मीलाई झुक्याएर सवारी पासको दुरुपयोग गर्ने र अनावश्यक रुपमा आवागमन गर्नेहरुमाथि चेकजाँच गरी कारवाही गरिने बताउनुभयो । उहाँले उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाई गरिने बताउनुभयो ।
सुरक्षा निकायका अधिकारीसहितको जिल्ला प्रशासन कार्यालय काठमाण्डौको टोलीले भद्रकाली, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, कोटेश्वर, नयाँबानेश्वर बबरमहल, सोह्खुट्े लगायत स्थानको अनुगमन गरेको थियो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: