- अर्थ सरोकार सम्बाददाता
जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाको सुरक्षार्थ खटिएका ५ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा प्रदेशसभाका सांसद, कर्मचारी र सुरक्षाकर्मीको कोरोना संक्रमण पुष्टी भएको हो ।
उनीहरु नेपाल प्रहरीका कर्मचारी रहेका धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । प्रदेश २ को प्रदेशसभाले उनीहरु मर्यादापालक भएको बताएको छ । प्रजिअ निरौलाले संक्रमित पाँचै जनालाई आइसोलेसनमा राखिएको जानकारी दिए ।