×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात, यस्तो छ कारण !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात, यस्तो छ कारण !

Artha Sarokar

२१ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
दैलेख । भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि क्वारेन्टिनमा बसेकाहरुले आज हातपात गरेका छन् । गाउँपालिका ४ मा बसेकाहरुले क्वारेन्टिनमा उचित व्यवस्थापन नभएको आरोप लगाउँदै प्रशासकीय अधिकृतमाथि हातपात हुन् । भारतबाट आएका करीब १०० जिल्लाबासी सो क्वान्टिनमा एक हप्तादेखि बस्दै आएका छन् । 
उचित खालको व्यवस्थापन नगरेको जनाउँदै गाउँपालिकाले बनाएको क्वारेन्टिनमा बस्नेहरुले अधिकृत हीरासिंह थापामाथि कुटपिट गरेको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिए । अध्यक्ष बुढाका अनुसार पालिकाको क्वारेन्टिनमा एक हजार ६०० सयभन्दा बढी भारतबाट आएका जिल्लाबासी बस्दै आएका छन् । केही दिन अगाडि गाउँपालिका –३ को एक विद्यालयको क्वारेन्टिनमा बसेकाहरुले स्थानीय सरकारले राम्रो व्यवस्थापन नभएको भन्दै गाउँपालिका घेराउ गरेका थिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी