- अर्थ सरोकार सम्बाददाता
प्यूठान । प्यूठानका एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा स्वर्गद्धारी नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएको हो ।
अम्मर क्याम्पस भिगृको क्वारेन्टाइनमा बसेका वडा नम्बर ४ का ५९ वर्षिय पुरुषमा कोरोना संक्रमण भएको हो । प्यूठानमा पहिलो पटक कोरोना पुष्टि भएको हो । प्रतिष्ठानका अनुसार मंगलबार प्यूठानकासहित प्रदेश ५ मा ९ जनामा कोरोना देखिएको छ ।