×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनमा श्री लालीगुँरास बहुउद्देश्यीय सहकारीको साथ, ऋण लिएका सदस्यलाई ऋणको ब्याजमा छुट दिने

PRIME CA

लकडाउनमा श्री लालीगुँरास बहुउद्देश्यीय सहकारीको साथ, ऋण लिएका सदस्यलाई ऋणको ब्याजमा छुट दिने

१८ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
ललितपुर । श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाले ऋण लिएका सदस्यलाई ऋणको ब्याजमा छुट दिने भएको छ । कोरोना भाइरसको माहामारीको रुपमा फैलिरहेको अवस्थामा तत्काल राहत उपलब्ध गराउन ऋण लिएका सदस्यलाई यस्तो सुविधा उपलब्ध गराउन लागेको हो ।
संस्थाले असार मसान्तसम्म सो सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले ऋण लिएका सदस्यलाई व्यवहारिक रुपमा ब्याज तिर्न सहज हुन सकोस् भन्ने उद्देश्यले सुविधा दिएको बताएका छन् ।
संस्थाले भुक्तानी गर्न बाँकी ब्याज रकममा सम्पूर्ण ब्याज चुक्ता गरेमा जम्मा ब्याजको ५ प्रतिशत छुट दिने, ५० प्रतिशत भन्दा बढी ब्याज चुक्ता गरेमा ३ प्रतिशत छुट दिने व्यवस्था गरेको छ भने, भुक्तानी गर्न बाँकी हर्जना रकममा १०० प्रतिशत छुट दिने घोषणा गरेको छ ।
विश्वब्यापी महामाहारीको रुपमा फैलिएको कोरोना भाइरसले पारेको असरलाई मध्य नजर गर्दै संस्थाले ऋण लिने सदस्यलाई छुटको व्यवस्था गरेको हो । नेपालको उत्कृष्ट सहकारीको रुपमा रहेको संस्थाले गरेको पहिलो निर्णय गर्ने संस्थाको रुपमा रहेको छ ।
संस्थाको ललितपुरको चापागाँउ, काठमाडौंको चाबहिल, र न्युरोड, भक्तपुरको कौशलटार र पर्सा चितवनको खैरहनी गरी ५ जिल्लामा सदस्य सुबिधा काउण्टर संचालन गरेको छ ।
कर्मचारीलाई कोरोना बीमा
यसैबीच संस्थाले आफ्ना पुल्चोक स्थित मुख्य कार्यालय सहित ५ सदस्य सुविधा काउन्टरका कर्मचारी र सुरक्षा गार्डको कोरोना बीमा गरेको छ ।
संस्थाको चापागाउँ, चाबहिल, कौशलटार, पर्सा चितवन र न्युरोडका सम्पूर्ण कर्मचारी र सुरक्षा गार्डको बीमा गरिएको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले कामको सिलसिलामा कार्यालय आउने कर्मचारीलाई कोरोना बीमा गरिएको जानकारी दिए ।
सरकारले ल्याएको कोरोना बीमा अन्तर्गत प्रतिब्यक्ति एक लाख रुपैयाँको रहेको छ । पि.सि.आर. परीक्षण गर्दा कोरोना पोजेटिभ देखिए बिमित बीमा गरेको रकम पाउने भएका छन् । संस्थाको मुख्य कार्यालय र सदस्य सुविधा काउन्टरमा १ सय १८ जना कर्मचारी र सुरक्षा गार्डहरु कार्यरत रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: