×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णालीमा कोरोना सङ्क्रमित सङ्ख्या ४६ पुग्यो

PRIME CA
GLOBAL IME BANK

कर्णालीमा कोरोना सङ्क्रमित सङ्ख्या ४६ पुग्यो

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

कर्णाली

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमितको सङ्ख्या ४६ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको आज बिहानको अद्यावधिक विवरणअनुसार थप आठ सङ्क्रमित पहिचान भएका हुन् ।
महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले सङ्क्रमित सबै दैलेखको नारायण नगरपालिकाका रहेको जानकारी दिए । सुर्खेतस्थित प्रदेश अस्पताल÷पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा नारायण नगरपालिका वडा नं १ का २६ वर्षीय पुरुष, ३ का १९, ३०, ३७ र ४० वर्षीय पुरुष, ४ का एक वर्षीय बालक र २० वर्षीया महिला तथा ५ का १७ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । नयाँ पहिचान भएका सङ्क्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । 
बुधबार सुर्खेतमा थप १५ सङ्क्रमित फेला परेका थिए । भारत सरकारले लकडाउनकै बीचमा रेल तथा बस सेवा सञ्चालन गरेपछि रोजगारीका लागि त्यहाँका विभिन्न स्थानमा रहेका कर्णालीवासी फर्कने क्रम जारी छ । कर्णालीमा पहिचान भएका सबै सङ्क्रमित भारतबाट फर्किएका हुन् । हाल प्रदेशका सबै जिल्लामा आरडिटी परीक्षण र पिसिआरका लागि स्वाब सङ्कलन कार्य भइरहेको छ । मन्त्रालयका अनुसार प्रदेशभर ५५० आइसोलेशन र १७ भेन्टिलेटर रहेका छन् । – रासस 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: