- अर्थ सरोकार सम्बाददाता
जनकपुरधाम । सप्तरीमा थप एक जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । बोदे बर्साइन नगरपालिकास्थित चन्द्र माविको क्वारेन्टाइनमा खटिएका उनमा कोरोना संक्रमण देखिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी तिलक भारतीले जानकारी दिए ।
योसँगै सप्तरीमा संक्रमित प्रहरीको संख्या २ पुगेको छ भने प्रदेश २ भरि १३ जना पुगेको छ । सबैभन्दा बढी बारामा ७ जना प्रहरी संक्रमित देखिएका छन् । सप्तरी, सिरहा र धनुषामा २/२ जना प्रहरी संक्रमित देखिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए ।