×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश २ : बारा र रौतहटमा एकैसाथ थपिए ४९ जना कोरोना संक्रमित, १८ देखि ५३ वर्षसम्मका मानिसमा देखियो कोरोना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रदेश २ : बारा र रौतहटमा एकैसाथ थपिए ४९ जना कोरोना संक्रमित, १८ देखि ५३ वर्षसम्मका मानिसमा देखियो कोरोना

Artha Sarokar

१२ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बारा । सोमबार बिहान प्रदेश न. २ को बारा र रौतहट जिल्लामा एकैसाथ ४९ जना कोरोना संक्रमित भेटिएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले एक विज्ञप्ति जारी गर्दै रौतहटमा २६ र बारामा २३ जना कोरोना संक्रमित फेला परेको जनाएको हो । 
मन्त्रालयका अनुसार रौतहट राजपुर फरहदवा २, ६, ८ र इशनाथ गाविसको वडा नम्बर २ का १८, १९, २२, २७, ३०, ३१, ३३, ३५, ३५, ३५, ३६, ३६, ३६, ३८, ४०, ४०, ४०, ४२, ४३, ४८, ४८, ४८, ४९, ५०, ५१, ५३ वर्ष उमेर समुहका छन् । यस्तै बाराको गडिमाई नगरपालिका तथा कलैया नगरपालिकाका १८, १८, १८, १८, १९, १९, २०, २०, २०, २४, २४, २५, २५, २५, २६, ३०, ३१, ३६, ३६, ४०, ५०, २५ र ३२ उमेर समूहका संक्रमित रहेका छन् ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ तथा किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा गरिएका परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा सोमबार मात्रै विभिन्न जिल्लामा गरी ७२ जना  संक्रमित फेला परेका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी