×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वीरगञ्जमा जेठ ४ मृत्यु भएका ७० वर्षिय वृद्धमा कोरोना संक्रमण पुष्टि, नेशनल मेडिकल कलेज सिल गर्ने तयारी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

वीरगञ्जमा जेठ ४ मृत्यु भएका ७० वर्षिय वृद्धमा कोरोना संक्रमण पुष्टि, नेशनल मेडिकल कलेज सिल गर्ने तयारी !

Artha Sarokar

१२ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको हो । ती वृद्धको अन्त्यष्टि गरिसकिएको छ । 
यता वृद्धको मृत्युबारे स्वास्थ्य मन्त्रालयले भने आधिकारिक रुपमा केही जानकारी दिएको छैन । वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति ती वृद्धको मृत्यु भएको थियो । अब नेशनल मेडिकल कलेजलाई सिल गर्ने तयारी भइरहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी