
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आइतबार बारामा थप चार जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत ४ जना प्रहरीमा कोरोना पोजेटिभ देखिएको हो । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सर्लाही घर भएका ४९ वर्षीय, कलैया–१६ घर भएका ३४ वर्षीय, पर्सा घर भएका ३२ वर्षीय र रौतहटको युमनामाई घर भएका ३४ वर्षीय प्रहरी कर्मचारी संक्रमित भएका हुन् ।
यसअघि मुद्दा शाखामा कार्यरत प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । पहिलो संक्रमितको कन्ट्याक ट्रेसिङको आधारमा उनीहरु सबैको जेठ ७ गते स्वाब परीक्षण गरिएको थियो । उनीहरुलाई कलैया अस्पताल ल्याउने तयारी भइरहेको छ । यससँगै बारामा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्