Skip to content
LAXMI SUNRISE BANK

कोरोना संक्रमित दैलेखका ३५ वर्षिय युवालाई थप उपचारका लागि सुर्खेत लगियो…

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
दैलेख । दैलेख आठबिस नगरपालिका १ का कोरोना संक्रमित ३५ वर्षिय युवालाई सुर्खेत लगिएको छ । गत ५ गते कोरोना पुष्टि भएका उनलाई चार दिन दैलेख राखेर सुर्खेत लगिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीरप्रशाद रेग्मीले बताए । 
प्रदेश सरकारले कर्णालीका तीन जिल्लामा कोरोना अस्पताल घोषणा गरेको भए पनि कोरोना अस्पतालमा लगेर उपचार नगरिएको भन्दै प्रदेश सरकारको आलोचना भएको थियो । भारतको वनवासा हुँदै दैलेख आएका उनलाई आठबिस नगरपालिकाले गत चैत्र ३१ गते उद्धार गरी ल्याएको थियो। उनीसँगै ३९ जनाको उद्धार गरिएकोमा ३८ जनामा कोरोना नेगेटिभ देखिएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK