×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारको नीति तथा कार्यक्रम : तीन वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा गरिने !

PRIME CA

सरकारको नीति तथा कार्यक्रम : तीन वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा गरिने !

२ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सरकारले २५ चैतदेखि कैलाली जिल्लाबाट सुरु गरेको स्वास्थ्य बीमा अब आगामी वर्षबाट भने देशैभर पुर्याउने भएको छ । यो कार्यक्रमबाट हालसम्म २७ लाखले स्वास्थ बीमा गराएका छन् । आगामी वर्ष सबै नागरिकमा पुग्ने गरी स्वास्थ्य बीमा पुर्याइने राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पेश गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।
हाल यो कार्यक्रमका लाग प्रति ५ जनाको परिवारका लागि ३५ सय रुपैयाँ लाग्ने व्यवस्था गरिएको छ । यस्तै सरकारले ४० वर्ष माथिका नागरिकलाई ६ महिनाको एक पटक पिसाबमा अल्बुमिन, रक्तचाप तथा रगतमा ग्लुकोज निःशुल्क जाँचको व्यवस्था गर्ने भएको छ। साथै सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल बनाउने भएको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: