×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनको आज ५२ औं दिन, उपत्यकामा थप कडाइ (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK

लकडाउनको आज ५२ औं दिन, उपत्यकामा थप कडाइ (भिडियो रिपोर्ट)

१ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थसरोकार सम्बाददाता
काठमाडौं । सरकारले लकडाउनलाई आज देखि पुनः कडाइका साथ लागू गरेको छ । लकडाउनले अर्थतन्त्रमा असर पारेको भन्दै सरकारले आइतबार देखि सवारी साधन सञ्चालनका लागि केही सहज बनाएको थियो । उपत्यकामा टाइम कार्ड लागू गरी कर्मचारीहरुको सवारी साधन सञ्चालन गर्न दिएको थियो । लकडाउन खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि बढेको छ । कोरोना भाइरस संक्रमण फैलने सम्भावना उच्च भएपछि बिहीबार (आज) देखि पुनः लकडाउनलाई कडाईका साथ लागू गरेको छ । जसका कारण फेरी जनजीवन प्रभावित भएको छ ।
बिहीबार उपत्यकाका सडकमा पुग्दा सुरक्षाकर्मीहरुले सवारी चेकजाँचलाई कडाई गरेको देखिन्छ । सडकमा मानिसहरुको आवागमन पनि न्यून देखिएको छ । अत्यावस्यक सेवाका साधनहरु, उपभोग्य वस्तुका साधनहरु, सञ्चारकर्मी, स्वास्थ्यकर्मी लगायतका व्यक्तिको सवारी साधनलाई चेकजाँच गरी प्रहरीले छाडने गरेको छ । सवारी पास नभएका सवारी साधनलाई भने नियन्त्रणमा लिएको छ ।
उपत्यकाका भित्रि सडकहरुमा अत्यावस्यक उपभोग्य खाद्य पसलहरु खुलेका छन भने मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गरेको देखिन्छ । यस्तै कतिपय भित्रि सडकहरुमा स्थानीयहरुले बाटो बन्द गरेका छन् । अनावस्यक सवारी सधनको आवागमन भित्रि सडकबाट हुन थालेपछि स्थानीयले बाटो छेकबार गरी बन्द गरिदिएका छन् । यस्तै अपरिचित व्यक्तिलाई प्रवेश निशेध लेखिएका ब्यानरहरु बाटोमा राखिएको देखिन्छ ।
गत चैत ११ गते देखि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको लकडाउनको आज ५२ औं दिन हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सम्म २ सय ४५ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । जसमध्ये ३५ जना निको भएका छन भने २ सय ४५ जना आइसोलेसनमा रहेका छन् । अहिले सम्म २१ हजार ३ सय ६६ पीसीआर प्रविधिबाट परीक्षण भएको छ भने ६० हजार ३ सय १९ जनाको आरडीटी परीक्षण भएको छ । अहिले देशभर १४ हजार ३ सय १३ जना क्वारेन्टाइनमा रहेका छन् । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी