×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालीमाटी तरकारी बजारमा ६ सय जनाको कोरोना परीक्षण, १० हजारको नमुना परीक्षण गर्ने (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK

कालीमाटी तरकारी बजारमा ६ सय जनाको कोरोना परीक्षण, १० हजारको नमुना परीक्षण गर्ने (भिडियो रिपोर्ट)

१ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थसरोकार सम्बाददाता
काठमाडौं । काठमाडौं उपत्यकामा दश हजार जनाको कोरोना परीक्षण गर्ने लक्ष्य अनुसार नमुना संकलन थालिएको छ । देशभरी कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि सरकारले उपत्यकामा १० हजारको कोरोना परीक्षण गर्ने लक्ष्य लिएको छ । उपत्यकामा राहत वितरण गर्ने स्वयसेवक, तरकारी व्यापारी, पत्रकार र सुरक्षाकर्मी लगायतको कोरोना परीक्षण गरिनेछ । सोही अनुसार बिहीबार कालीमाटी तरकारी बजारमा कोरोना परीक्षणका लागि नमुना संकलन गरेको छ ।
कालिमाटीमा ६ सय जनाको कोरोना परीक्षण गर्न नमुना संकलन गरिएको हो । काठमाडौं महानगरपालिकाका वडा नम्बर १३ का वडाध्यक्ष ध्रुव नारायण मानन्धरका अनुसार २ सय जनाको पिसिआर परीक्षणका लागि नमुना संकलन गरिएको र ४ सय जनाको आरडिटी परीक्षणका लागि नमुना संकलन गरिएको छ । होलसेल बजारलाई लक्षित गरी थोक विक्रेता बढी व्यक्तिहरुको सम्पर्कमा रहनेहरुको पिसिआर र सवारी चालक तथा तरकारी ओसार्ने व्यक्तिहरुको आरडिटी परीक्षण गरिएको उहाँले बताउनुभयो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले जोखिममा परेका समूह निर्धारण गरी पहिलो चरणमा १० हजारको नमुना परीक्षण गरिने बताउनुभयो । पहिलो विभिन्न अस्पतालमा कार्यरत चिकित्सक, सुरक्षाकर्मी, तरकारी व्यापारी र सञ्चारकर्मीहरुको परीक्षण गरिने उहाँले बताउनुभयो । बिहीबार कालाीमाटि बजारसँगै टिचिङ अस्पतालमा कार्यरत चिकित्सकहरुको पनि नमुना संकलन गरिएको उहाँले बताउनुभयो ।
चारदिन भित्र १० हजारको नमुना परीक्षण गरिसक्ने तयारी सरकारले गरेको छ । पहिलो चरणको रिपोर्ट आएपछि दोस्रो चरणका कार्यक्रम सुरु हुनेछन् । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी