×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

के सिथिल हुँदै गएको हो राष्ट्रिय वाणिज्य बैंक ? खुद नाफा घट्यो, प्रति सेयर आम्दानीमा गिरावट (अन्य विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

के सिथिल हुँदै गएको हो राष्ट्रिय वाणिज्य बैंक ? खुद नाफा घट्यो, प्रति सेयर आम्दानीमा गिरावट (अन्य विवरणसहित)

Artha Sarokar

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खुद ब्याज आम्दानी घटेका कारण बैंकको सञ्चालन मुनाफा र खुद नाफा पनि घटेको विवरण सार्वजनिक गर्न बाध्य भएको छ । गत आर्थिक बर्षको सोही अवधिसम्ममा ७ अर्ब ३७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस बैंकले चालु आर्थिक बर्षको सोहि अवधिमा ६ अर्ब ९७ करोडमात्र यस्तो आम्दानी गरेको छ । प्रकाशित विवरण अनुसार बैंकको जगेडा कोषमा १३ अर्ब २४ करोड रुपैयाँ र अन्य शेयरधनी कोषमा १ अर्ब ४७ करोड रुपैयाँ सञ्चित छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब १५ करोड रुपैयाँ रहेको छ। 
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक बर्षको सोहि अवधि को तुलनामा कम हो । बैंकले गत आर्थिक बर्षको सोही अवधिमा ३ अर्ब ४९ करोड खुद नाफा कमाएको थियो । त्यता गत आर्थिक बर्षको चैत्र मसान्तसम्म ४ अर्ब ८६ करोड रहेको बैंकको सञ्चालन मुनाफा चालु आर्थिक बर्षको सोही अवधिसम्ममा घटेर ४ अर्ब १६ करोडमा खुम्चिन बाध्य भएको छ।
बैंकको प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको छ । ९ अर्ब चुक्ता पूँजी रहेको यस बैंकको प्रतिशेयर आम्दानी ५१ रुपैयाँ ८१ पैसाबाट घटेर ४४ रुपैयाँ ९६ पैसा पुगेको छ ।बैंकको निष्क्रिय कर्र्जा ४.२८ प्रतिशतबाट बढेर ४.६४ प्रतिशत पुगेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी