×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विजय लघुवित्तले गर्यो आकर्षक प्रगति, खुद नाफा ५७.७५ प्रतिशतले वृद्धि (विस्तृत विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

विजय लघुवित्तले गर्यो आकर्षक प्रगति, खुद नाफा ५७.७५ प्रतिशतले वृद्धि (विस्तृत विवरणसहित)

२८ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – विजय लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ५ करोड ८४ लाख २१ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ५७.७५% ले धेरै हो । गत वर्ष संस्थाले ३ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 
यस्तै, संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ४१.१४% र ५३.४८% ले बढेको छ । गत वर्ष ११ करोड ८ लाख ३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको यसले अहिले बढाएर १५ करोड ६४ लाख ३४ हजार रुपैयाँ पुर्याएको छ । यता, सञ्चालन नाफा पनि ५ करोड ११ लाख रुपैयाँबाट बढेर ७ करोड ८५ लाख रुपैयाँ पुगेको छ । 
हाल बैंकको चुक्ता पुँजी २२ करोड ४० लाख ३१ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० करोड ७४ लाख रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा केहि बढेको छ । बैंकको खराब कर्जा भने २.५३% बाट बढेर २.९२% पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ७८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ९५ पैसा  रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: