×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकको वितरण योग्य नाफा ८२ करोड ८७ लाख रुपैयाँ, खुद नाफा कति ? (विवरणसहित )

LAXMI SUNRISE BANK

हिमालयन बैंकको वितरण योग्य नाफा ८२ करोड ८७ लाख रुपैयाँ, खुद नाफा कति ? (विवरणसहित )

२८ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – हिमालयन बैंकको आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले खुद नाफा २ अर्ब ३१ करोड आर्जन गरेको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा १५.०५ %ले धेरै हो । गत आर्थिक वर्ष यसै अवधिमा बैंकले २ अर्ब १ करोड खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा ८२ करोड ८७ लाख रहेको छ । 
यस्तै बैंकको खुद ब्याज आम्दानी २.३७%ले बढेको छ । बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । चैतमसान्तसम्ममा बैंकको निक्षेप संकलन र कर्जा प्रवाह क्रमश: ६.३४% र २.३७%ले बढेको छ । बैंकले १ खर्ब १६ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकले 
हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ३७ करोड रहेको छ भने रिजर्भमा ७ अर्ब ९१ करोड रहेको छ । बैंकको खराब कर्जा १।३१ प्रतिशतबाट घटेर १।११ प्रतिशत पुगेको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ३२।९६, नेट वर्थ १८४।५०, मूल्य आम्दानी अनुपात १५।१७ गुणा, बेस रेट ८।६ प्रतिशत, कोषको लागत ६।४७ प्रतिशत, सिसिडि ७७।०८ प्रतिशत र पुंजी पर्याप्तता अनुपात १३।४२ रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी