×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको सामाजिक कार्य : पर्साका प्रहरीलाई मास्क, सेनिटाईजर तथा पन्जा हस्तान्तरण

LAXMI SUNRISE BANK

सिटिजन्स बैंकको सामाजिक कार्य : पर्साका प्रहरीलाई मास्क, सेनिटाईजर तथा पन्जा हस्तान्तरण

२५ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिटिजन्स बैंकले वडा प्रहरी कार्यालय पर्सालाई मास्क, सेनिटाईजर तथा पन्जा हस्तान्तरण गरेको छ । कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला बैंकले मास्क, पन्जा तथा सेनिटाईजर प्रदान गरेको हो ।
कोभिड १९ को महामारीलाई नियन्त्रण गर्ने सुरक्षा निकायको प्रयत्नलाई सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको कुरा बैंकले जानकारी दिएको छ । यस किसिमको सहयोगले कोरोना महामारीविरुद्ध लड्न सुरक्षा निकायलाई केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
यस अघि पनि कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा बैंकले प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा रु ७ लाखका दरले रु ४९ लाख तथा विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव पाँच लाख गरि हालसम्म कुल ५४ लाखको सहयोग गरिसकेको छ ।
आगामी दिनमा समेत महामारी नियन्त्रण गर्न बैंक हरेक प्रकारको सहयोग गर्न तयार रहेको कुरा बैंकले जानकारी दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी