- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – बिहिबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बिहिबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ९२ पैसा तोकेको छ । यसैगरी, बिक्रीदर १२१ रुपैयाँ ५२ पैसा रहेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ७१ पैसा र बिक्रीदर १२१ रुपैयाँ ३१ पैसा रहेको छ । यता, युरो एकको खरिददर १३० रुपैयाँ ५३ पैसा र बिक्रीदर १३१ रुपैयाँ १८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५० रुपैयाँ २९ पैसा कायम गरेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९८ पैसा र बिक्रीदर २८ रुपैयाँ १२ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३७ पैसा रहेको छ भने र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०८ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्