×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संकटका बेला कर्मचारीको सेवा–सुविधा विवाद : नेपाल बैंक सहमतिमा जुट्यो, वाणिज्य बैंकका कर्मचारीहरुको मन टुट्यो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

संकटका बेला कर्मचारीको सेवा–सुविधा विवाद : नेपाल बैंक सहमतिमा जुट्यो, वाणिज्य बैंकका कर्मचारीहरुको मन टुट्यो !

Artha Sarokar

१८ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना प्रकोपका कारण विश्व त्राहिमाम छ । देशभर लकडाउन गरिएको छ । यहिबीचमा अत्यावश्यक सेवा भन्दै बैंकहरु खुलेका छन् । ज्यान रिस्कमा राखेर बैंकरहरु काममा छन् । तर यहि बेला राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीहरुले भने पाएको सेवा सुविधा पनि खोसिएको छ ।  विपतका बेला आफ्ना कर्मचारीहरुलाई सोषण गर्ने र कोरोना कोषमा करोडौं सहयोग गर्ने काम गलत भएको भन्दै कर्मचारीहरुले कसरी बिद्रोह गर्ने भन्ने विषयमासमेत छलफल गरिरहेका छन् । राजनीतिक व्यक्तिहरुले भनेकै आधारमा लाखौँको विज्ञापन बाँड्न मिल्ने, आफ्नो अनुहार टेलिभिजनमा देखाईदिए वापत अख्तियारीको दुरुपयोग गर्ने अनि कर्मचारीलाई विपतका बेला लुट्ने काम भएको भन्दै उनीहरु विशेषगरी बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठसँग रुष्ट देखिएका हुन् ।  
राष्ट्रिय बाणिज्य बैंकभित्र चरम असन्तुष्टि !
सरकारी बैंक राष्ट्रिय वाणिज्य बैङ्कको पछिल्लो परिपत्रले कर्मचारीलाई सुरुको तलब स्केल बराबरको पारिश्रमिक दिने र दैनिक यातायात खर्च उपलब्ध गराउने व्यवस्था १६ गतेदेखि स्थगित गर्ने भनेको छ । संकटका बेला बैंकले जारी गरेको यस्तो परिपत्रलाई कतिपय कर्मचारीले ‘सामन्ती पारा’ भनेका छन् ।
उनीहरुले यातायातको व्यवस्था गर्नुपर्ने र यसअघिजस्तै दैनिक भत्ता दिनुपर्ने माग गर्दै आएका छन् । लकडाउनका बेला यातायातको व्यवस्था पनि नहुने र काम गर्न पनि आउनू भन्ने तर्क गलत भएको उनीहरुको ठम्याई छ ।  बैंकले जारी गरेको पत्रले आफुहरुलाई निराश बनाएको कर्मचारीहरुको भनाइ छ ।’हाम्रो त मन नै टुटेको छ । काम गर्ने जाँगर नै मरेको छ । हामी माथि सामन्ती शासन लाद्न खोजेको भान भएको छ ।’ ती कर्मचारीले अर्थ सरोकार डटकमसँग भने ।  संकटका बेला व्यवस्थापनले थप उर्जा दिनेगरी व्यवस्थापन गर्नुको सट्टा विपद्को समयमा कर्मचारीहरुलाई निकाल्ने, अनिवार्य बिदामा बस्न लगाएर भुक्तानी नै नदिने जस्ता कार्य गरेको भन्दै कर्मचारी युनियनहरुले विरोध जनाउँदै आएका थिए ।

 

राष्ट्रिय वाणिज्य बैंकले आफ्ना मातहतका सबै कार्यालयमा कर्मचारीलाई दिइने सेवा र सुविधाका सम्बन्धमा परिपत्र गर्दै लकडाउनको समयमा कार्यरत कर्मचारीको १ लाख रुपैयाँसम्मको बीमा प्रिमियम तिरिदिने, कर्मचारीलाई कोरोना संक्रमण पोजेटिभ देखिएमा कर्मचारी अवकाश कोषबाट १ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने, सबै कर्मचारीलाई आलोपालो गरेर काममा खटाउने, लकडाउन घोषणा गर्दा कार्यालय बाहिर रहेकालाई कार्यालयमा ल्याउने व्यवस्था गर्ने, केन्द्रीय कार्यालय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्ने र शाखा कार्यालयहरु स्थानीय प्रशासनले अन्यथा नभनेको अवस्थामा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला राख्ने उल्लेख छ । तर कर्मचारीलाई विपतका बेला सहयोग हुनेगरी कुनै पनि योजना नल्याइएको भन्दै कर्मचारीहरु चरम असन्तुष्ट भएका हुन् ।
नेपाल बैंकमा कुरा मिल्यो !
यता नेपाल बैंकमा भने सेवा-सुविधा विवाद साम्य भएको छ ।  केहि दिनअघि बैंक व्यवस्थापन र बैङ्कभित्र कार्यरत सबै कर्मचारी संगठनहरुबीच सहमति भएसँगै यो समस्या समाधान भएको हो । कर्मचारीसम्बद्ध संस्थाहरुले नेपाल बैङ्कमा कार्यरत कर्मचारीहरुलाई काम गरेवापत सरकारले तोकेअनुसारको अतिरिक्त सुविधाहरु दिनुपर्ने, बैङ्कभित्र स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिनुपर्ने लगायतका माग यसअघि गर्दै आएका थिए । 
बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको रोहवरमा बैङ्क व्यवस्थापनका तर्फबाट समता पन्त, लक्ष्मण पौडेल, प्रकाश कुमार अधिकारी होमबहादुर खड्का र दीपेन्द्रराज काफ्ले तथा कर्मचारी युनियनका तर्फबाट नेपाल बैङ्क कर्मचारी संघका कार्यबाहक अध्यक्ष नवराज लम्साल, नेपाल वित्तीय संस्था कर्मचारी संघका सचिव जीवराज ढकाल, नेपाल राष्ट्रिय कर्मचारी संगठनका मोहन कुमार श्रेष्ठ तथा नेपाल बैङ्क कर्मचारी युनियनका राजुराम मुनकर्मीले उक्त सम्झौतापत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेर सहमति गरेका हुन् ।

उक्त सहमति अनुसार लकडाउन सुरु भएपछि बैशाख ८ गतेसम्म खोलिएका शाखा कार्यालयको काउन्टरमा बस्ने कर्मचारीलाइृ ७५ प्रतिशत र अन्यलाई ५० प्रतिशत भत्ता दिने, सञ्चार खर्चबापत मासिक ५०० रुपैयाँ दिने, करारमा कार्यरत कर्मचारी र सुरक्षा गार्डलाई पनि ५० प्रतिशत प्रोत्साहन भत्ता दिइनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी