
काठमाडौँ – देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले आफ्नो विवाहको खर्च कटाएर कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा दुई लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेकोदेखि दिपायलमा सञ्चालन भइरहेका यातायताका साधनको अनुमति–पत्र जाँच गर्दै ट्राफिक प्रहरीसम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।
हेरौं सातै प्रदेशका फोटो समाचार :
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सोमबार मन्त्री भानुभक्त ढकाललाई नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले आफ्नो विवाहको खर्च कटाएर कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा दुई लाख रुपैयाँ सहयोग हस्तान्तरण गर्दै ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अग्रसरतामा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुको नेपाली काँग्रेस केन्द्रीय कार्यालय, सानेपामा सोमबार बसेको बैठक । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सो बैठक बसेको हो ।

नेपाल औषधि उत्पादन सङ्घ ९एपोन० मार्फत सोमबार नेपाल चिकित्सक संघलाई कोभिड–१९ को उपचारमा संलग्न चिकित्सकका लागि पाँच हजार थान ज्याकेट हस्तान्तरण गर्दै एपोनका महासचिव विप्लव अधिकारी ।

धवलागिरि अञ्चल अस्पताल बागलुङमा सोमबार नवजात शिशुलाई खोप प्रदान गर्दै स्वास्थ्यकर्मी ।

कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित कान्द्रा नदीमा आएको बाढीमा ज्यानको पर्वाह नगरी माछा मार्न पुगेका थारु समुदायका महिला ।

पोखरा महानगरपालिका–९ वडा कार्यालयमा आइतबार टोलवासीसँगै राहत माग्दै वीरबहादुर विश्वकर्मा, बायाँ । घरमा दुई महिनाकी सुत्केरी श्रीमतीसहित पाँच जनाको परिवारलाई खानेकुरा नभएपछि भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएको छ ।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङलाई महानगरपालिकाले स्थापना गरेको ‘कोरोना रोकथाम कोष’मा रु ५० हजारको चेक हस्तान्तरण गर्दै ट्रेकिङ्ग एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेल ।

नेपाल फार्मेसी संघसँग समन्वय गरेर तुलसीपुर उपमहानगरपालिकाले नगरभित्रका दीर्घरोगीलाई औषधि उपलब्ध गराउँदै । लकडाउन अवधिमा उपमहानगरपालिकाले बजारमा अभाव भएका औषधि खरिद गरी उपलब्ध गराएको हो ।

बन्दाबन्दीको अवधिमा दिपायलमा सञ्चालन भइरहेका यातायताका साधनको अनुमति–पत्र जाँच गर्दै ट्राफिक प्रहरी । पछिल्लो समय बिनापास सवारी साधन सञ्चालन हुन थालेपछि अनुमति–पत्र जाँचमा कडाइ गर्न थालिएको छ ।

दिपायल सिलगढी नगरपालिकामा नवजात शिशुलाई खोप लगाउँदै महिला स्वास्थ्य स्वयंसेविका । कोभिड–१९ को सङ्मणका कारण गत चैत महिनादेखि रोकिएको नियमित खोप कार्यक्रम सोमबारबाट पुनः सञ्चालन भएको छ ।

सामाजिक विकासमन्त्री नवल किशोर शाह कोभिड– १९ को उच्च जोखिम न्यूनीकरण एवं रोकथाम गर्नका लागि पत्रकार महासङ्घ प्रदेश कमिटीका उपाध्यक्ष गायत्री मिश्रलाई स्वास्थ्य समाग्री हस्तान्तरण गर्दै ।

म्याग्दीको बेनी नगरपालिका –६ चुत्रेनीका कृषक खेतमा मकै गोड्दै । बन्दाबन्दीका समयमा स्थानीयस्तरमा आलोपालो गरी कृषक खेतीको काम गर्दै आएका छन् ।

पाल्पाको रामपुर नगरपालिका–५ बेझाड खेतका बलबहादुर राना चापकटर मेसिनबाट गाईवस्तुलाई खुवाउन भुसा काट्दै । गाउँमा कृषि यान्त्रिकीकरण प्रविधि भित्रिएपछि कृषकलाई भुसा काट्न छिटो र सजिलो भएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्