×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आइपिओले कति पायो रेटिङ ?

LAXMI SUNRISE BANK

सानिमा जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आइपिओले कति पायो रेटिङ ?

१२ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सानिमा जनरल इन्स्योरेन्सले ३० लाख कित्ता आइपीओ जारी गर्ने भएको छ। उक्त आइपिओ जारी गर्न कम्पनीले रेटिङ गराएको छ । केयर रेटिङ नेपालले कम्पनीको यस आइपीओलाई मध्यम अवस्था जनाउने केयर एनपी बीबी प्लस’ रेटिङ प्रदान गरेको छ ।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँ दरमा ३० करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्न लगेको हो। यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ ।
कम्पनीले आइपीओका लागि रेटिङ गराए पनि हालसम्म नेपाल धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृति पाएपछि आइपीओ खुला प्रक्रिया सुरु हुने कम्पनीले जनाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी