×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमा समितिले जारी गर्यो कोरोनाको बीमालेख, ३ सयमै ५० हजार रुपैयाँको बीमा गर्न सकिने

PRIME CA

बीमा समितिले जारी गर्यो कोरोनाको बीमालेख, ३ सयमै ५० हजार रुपैयाँको बीमा गर्न सकिने

अर्थ सरोकार

५ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बीमा समितिले कोरोना भाइरस (कोभिड–१९)को बाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षण गर्न कोभिड–१९ सम्बन्धि बीमालेख जारी गरेको छ । समितिले बिहिबार सो सम्बन्धि बीमालेख जारी गर्दै कोरोना भाइरसको एक लाख रुपैयाँ र ५० हजार रुपैयाँ गरी दुई बीमालेख जारी गर्न सकिने व्यवस्था गरेको हो । 
कोभिड–१९ बीमा श्रेणी क अन्तर्गत व्यक्तिगत रुपमा बीमा गर्दा एक हजार रुपैयाँ बीमा शुल्क लाग्ने र परिवारका सबै सदस्यहरुको बीमा गर्दा प्रतिव्यक्ति ६०० रुपैयाँ बीमा शुल्क निर्धारण गरिएको छ । यस्तै श्रेणी ख अन्तर्गत प्रतिव्यक्ति रुपमा गर्दा ५०० रुपैयाँ बीमा शुल्क लाग्ने र परिवारका सबै सदस्यको बीमा गर्दा प्रतिव्यक्ति ३०० रुपैयाँ बीमा शुल्क निर्धारण गरिएको छ ।
साथै समितिले कोरोना लागेको पिसिआर परिक्षणमा पोजेटिभ देखिने वित्तिकै बीमा रकम दावी भुक्तानी लिन पाइने व्यवस्था गरेको छ भने दाबीका लागि गरेको बीमा सुरु गरेको १५ दिनसम्म कुर्नुपर्नेछ । सबै निर्जिवन कम्पनीहरुलाई कृषि बीमाका लागि तोकिएको जिल्लाहरु नै कार्यक्षेत्र रहनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: