×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्यो ६ दिन…जसले मानव सभ्यता नै संकटमा पार्यो !

LAXMI SUNRISE BANK

त्यो ६ दिन…जसले मानव सभ्यता नै संकटमा पार्यो !

४ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चीनीयाँ उच्च अधिकारीहरुले महामारी फैलिएको थाहा पाएको छैठौं दिनमा नयाँ बर्ष मनाउन वुहानमा एउटा भोजको आयोजना गरियो जसमा हजारौं शहरवासीहरुले भाग लिएका थिए ।
त्यसको भोली पल्टमात्रै जनवरी २० मा राष्ट्रपति सी जिन पिङले महामारी फैलिएको सार्वजनिक गरे । विश्व प्रतिष्ठित समाचार एजेन्सी एपीले प्राप्त गरेको एक गोप्य दस्तावेज अनुसार सीले महामारीको बारेमा सार्वजनिक गरुञ्जेलसम्म ३ हजार जना भन्दा बढी व्यक्ति संक्रमणको चपेट आइसकेका थिए । जनवरी १४ देखी जनवरी २० सम्मको ६ दिनको ढिलाई कुनै देशले गरेकोे पहिलो गल्ती भने होइन । विश्वका अन्य देशहरुले पनि यसरी नै गल्ती गरे । कतिले हप्तौं अथवा कतिले महिनौंसम्म ढिलाई गरे । तर पहिलो पटक भाईरस देखिएको देशले ढिलाई गर्नुले गम्भिर अर्थ राख्दछ् । चीनको त्यो ६ दिनको ढिलाईले आज विश्वभर २० लाख भन्दा व्यक्तिहरुमा संक्रमण फैलिसकेको छ भने १ लाख २६ हजारले मृत्यु वरण गरिसकेका छन् ।
क्लालिफोर्निया विश्वविद्यालयका महामारी विज्ञ डा. जुओ फेङ झाङले यसलाई गभ्भीर गल्ती बताएका छन् । चीनले ६ दिन अगावै कदम चालेको भए संक्रमण थोरैमा मात्र सिमित हुने उनको भनाई छ । नेतृत्वतहले गरेको ६ दिनको ढिलाईलाई झन् लम्ब्याउँदै राष्ट्रिय रोग नियन्त्रण केन्द्रले १२ दिनसम्म कुनै पनि सत्रंmमणको घटना दर्ता नै गरेन् जब कि जनवरी ५ देखी १७ को बीचमा वुहानका अस्पतालहरुमा हजारौं संक्रमति भर्ना भईसकेका थिए । 
चीनमा सुचनाको पुर्ण नियन्त्रण गरिने परिपाटी र खराब समाचार बाहिर ल्याउने नचाहने प्रवृतिले गर्दा महामारीका सबै चेतावनीहरुलाई वेवास्ता गरियो । जसको दुष्परिणाम पुरा विश्वले भोगिरहेको छ । जनवरी १३ मा थाईलैण्डमा देशबाहिर पहिलो पटक संक्रमण देखिएपछि मात्र चीनीँया अधिकारीहरुको चेत खुल्यो । 
यता चीनीँया विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले चीनमाथि महामारी लुकाउन खोजेको र अपारदर्शिताको आरोप आधारहीन बताएका छन् । तर एपीले राष्ट्रिय स्वास्थ्य आयोगले जनवरी १५ मा प्रान्तीय स्वास्थ्य अधिकारीहरुलाई पठाएको एक गोप्य निर्देशिका भेटाएको छ जसमा महामारीको प्रभावलाई निकै कम गरी आँकलन गरिएको छ । उक्त निर्देशिकामा कोरोना भाईरस मानवबाट मानवमा सर्ने सभ्भावना न्यून रहेको बताइएको थियो ।
राष्ट्रपति सिजिन पिङले जनवरी २०मा मात्र महामारीलाई गभ्भीरता पुर्वक लिन पहिलो पल्ट सावर्जनिक प्रतिक्रिया दिएका थिए । तर यतिञ्जेलसम्म वुहान महामारीको इपिसेन्टर बनिसकेको थियो भने महामारीले पुरा विश्वलाई चपेटा लिसकेका थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी