- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । खाने तेलको मुल्यमा व्यापारीले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरेको पाइएको छ । निषेधाज्ञाको मौकामा उद्योगी र थोक व्यापारीले खाने तेलसहितका खाद्य सामाग्रीको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी सुरु गरेका हुन् ।
उनीहरुले उपभोक्ताबाट आफूखुशी मूल्य लिन थालेका छन् । खाने तेलमामात्रै ८० प्रतिशतसम्म मूल्य बढाएर बिक्री गरेको पाइएको छ । जसको मारमा आम उपभोक्ता परेका छन् । यता उद्योगी र थोक व्यापारीले गरेको मनपरीप्रति सम्बन्धित निकाय भने मौन छ ।