
काठमाडौँ । कोरोना भाइरस काठमाडौँ छिरेको संकेत देखिएको छ । काठमाडौं पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जना सदस्यमा गरिएको र्यापिड डाइग्नोस्टिक टेस्टको नतिजा पोजेटिभ देखिएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । झन्डै एक महिनाअघि लण्डनबाट फर्किएका उनीहरूमा र्यापिड टेस्ट गर्दा शंका लागेपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको हो । तीनजनामध्ये आमा, छोरा र बुहारी छन्।
अहिले तीनै जनालाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले पुष्टी गरे । ‘आधा घण्टाजस्तो भयो उहाँहरूलाई भर्ना गरिएको। उहाँहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने ।यसैबीच एकै परिवारका ३ जनालाई कोरोना भेटिएको आशंकापछि सनसिटी अपार्टमेन्ट सिलबन्दी गरिएको छ भने, उच्च सताकर्ता अपनाउन प्रहरी तैनाथ गरिएको छ।
अपार्टमेन्ट वेल फेयर सोसाइटीको चुनावका लागि बेलायतबाट आएकामध्ये दुई जनाको रयापिड टेस्टमा कोरोना पोजेटिभ देखिएको शंका गरिएको हो ।
सोसाइटिको सचिवमा अर्थमन्त्री डा. युवराज खतिवडाका छोरा तिलिक खतिवडा निर्वाचित भएको सोसाइटिका पूर्व अध्यक्ष प्रविन झाले जानकारी दिएका छन् । उनी सनराइज बैंकका बैंकर हुन् । चुनावपछि अपार्टमेन्टमा नयाँ कार्यसमितिलाई बधाई दिन अर्थमन्त्री डा. खतिवडासमेत पुगेकाले उनको पनि तत्काल परीक्षण गर्न झाले सुझाब दिएका छन् ।
‘कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएकाले बैंकर खतिवडासँग हात मिलाएका थिए, अर्थमन्त्रीलाई भेटेका थिए।’ खतिवडाका एक साथीले अर्थ सरोकारसँग भने । त्यसपछि खतिवडाले सनराइज बैंकका सीइओलाई पनि भेटेका थिए । सनराइजका सीइओ त्यसपछि विभिन्न ठाउँमा समान वितरणका नाममा र गभर्नरलाई भेट्ने नाममा लापरवाही ढंगले पुगेका थिए ।
यता अर्थमन्त्रीका प्रेस सल्लाहकारले भने अर्थमन्त्री कहीं कतै नगएको र सनसिटीमा चुनाव जितेका कसैलाई नभेटेको दावी गरेका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्