
- अर्थ सरोकार सम्बाददाता
बुटवल । उच्च ज्वरोका कारण ज्यान गुमाएका बाबुराम थापाको शव बुझ्न परिवार तयार भएको छ । कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका ३४ वर्षीय थापाको १६ गते मृत्यु भएको थियो । थापाकी श्रीमतीले समयमा उपचार नभएको भन्दै छानविन नभएसम्म शव नबुझ्ने बताएकी थिइन् ।
११ दिनदेखि बाबुरामको शव लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा थियो । बुधबार पाँचबुँदे सहमतिसँगै उनी आफ्नो श्रीमानको शव बुझ्न तयार भएकी हुन् । थापा कोरोनाको आशंकामा अस्पताल पुगेका भएपनि रिपोर्ट भने ‘नेगेटिभ’ आएको थियो ।
सहमतिअनुसार अस्पतालको शवगृहमा रहेको थापाको शव परिवारले बुझेर अन्तिम संस्कार गर्नेछन् । यसमा प्रदेश सरकारले आवश्यक सहयोग गर्नेछ । मृतकका परिवारलाई दिने गरी आधारभूत राहत कोष बनाइनेछ । जसमा शुरुमा ५ लाख ५ हजार रकम रहनेछ । साथै थप आर्थिक सहयोग जुटाइनेछ । दाताहरुको सहयोगबाट बुधबार नै साढे ८ लाख रकम संकलन भइसकेको बताइएको छ । यस्तै मृतकका दुई छोरालाई उच्च शिक्षासम्म पठनपाठनमा सहयोग गर्ने र मृतककी श्रीमती रिता थापा क्षेत्रीलाई सैनामैनामै स्थानीय सरकारले योग्यताअनुसार रोजगार दिने लिखित सहमति भएको पुर्व सभासद विनोद पहाडीले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्