×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सकेको राहत सरकारले दिन्छ, तर ब्याज मिनाहा कुनै हालतमा सम्भव छैन’ : गभर्नर अधिकारी

LAXMI SUNRISE BANK

‘सकेको राहत सरकारले दिन्छ, तर ब्याज मिनाहा कुनै हालतमा सम्भव छैन’ : गभर्नर अधिकारी

२६ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । पूरै विश्व कोरोनाको सन्त्रासका बीच गुज्रिरहेका बेला नेपालपनि त्यसको स्वाभाविक चपेटामा परेको छ । यतिबेला जनताहरु सरकारले कस्तो राहत प्याकेज ल्याउँछ भन्ने प्रतिक्षामा छन् । व्यवसायीहरु राष्ट्र बैंकको कस्तो राहत प्याकेज आउँछ भनेर बसेका छन् । ब्याज मिनाहाको पर्खाइमा समेत छन् धेरै जना । तर नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले भने सवै ऋणीहरुको व्याज मिनाहा दिने विषय असम्भव हुने बताएका छन् । 
एक रेडियो कार्यक्रममा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले साना ऋणीहरु र धरै मर्कामा परेका ऋणीहरुलाई सरकारले कुनै स्रोतबाट प्याकेज ल्याएर निस्चित समय सम्मको मिनाहा दिने कुरा अलग भए पनि अहिलेको समयमा व्याज मिनाहा दिदा वित्तीयसंस्थाहरु संकटमा पर्ने स्पष्ट पारेका छन् ।
‘उद्योगीको माग अनुसार सवै व्याज मिनाहा गर्न सकिदैन । सवै ऋणको व्याज मिनाह गर्दा भोली अरु क्षेत्रहरुमा असर पर्न सक्छ । तर, के गर्दा वित्तीय क्षेत्र, उद्योग व्यावसायी र सरकारलाई पनि असर पर्दैन त्यो अनुसार राहतको व्यवस्था गर्छौ । म सवैसंग छलफल गर्छु । केहि निर्णयहरु म आउनुभन्दा अगाडी नै राष्ट्र बैंकले गरिसकेको छ’ । उनले भने, ‘अहिलेका नीति नियमहरुलाई रिस्टक्चर गर्नुपर्ने देखिएको छ । नेपाल राष्ट्र बैंक नेपाल सरकारको सल्लाहकार भएकाले आर्थतन्त्रलाई रिकभर गर्नका लागि प्रयासरत रहने छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएरका उद्यमी व्यवसायीहरु हेनुपर्ने अवस्था छ । हरेक निक्षेप कर्ता र लगानीकर्तालाई विश्वासमा लिनुपर्छ । अहिले जुन खालको त्रास छ यसलाई हटाउनुपर्छ’।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी