×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

Artha Sarokar

२४ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । आज शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
ललिता निवास जग्गा प्रकरणमा विशेष अदालत काठमाडौंले बस्न्यातलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहँदा कोरोना संक्रमण भएपछि बस्न्यातको तर्फबाट प्रज्वल अधिकारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी