×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनमा कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या शून्य, बुधबारदेखि वुहान सहरको लकडाउन खुल्ने

LAXMI SUNRISE BANK

चीनमा कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या शून्य, बुधबारदेखि वुहान सहरको लकडाउन खुल्ने

२५ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – चीनमा कोरोना भाइरसबाट दैनिक मृत्यु हुनेको संख्या पहिलोपटक शून्यमा झरेको छ । पछिल्लो २४ घण्टामा मुलुकमा कोरोना भाइरसबाट कसैको पनि मृत्यु नभएको चीनको नेशनल हेल्थ कमिशनले जानकारी दिएको हो । चीनले कोरोना भाइरसबारे तथ्यांक सार्वजनिक गर्न थालेपछि दैनिक मृत्यु हुनेको संख्या शून्यमा आएको यो पहिलोपटक हो । त्यसैले गर्दा सबैभन्दा धेरै प्रभावित भएको वुहान सहरको लकडाउन बुधबारदेखि पूर्णरुपमा खुल्ने भएको छ । 
मंगलबार सार्वजनिक गरिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा चीनमा ३२ नयाँ संक्रमित फेला परेका छन् । अहिले फेला परेका सबै संक्रमित बाहिरबाट आएका मानिसहरू हुन् । यससँगै चीनमा समग्र संक्रमितको संख्या ८१ हजार सात सय ४० पुगेका छन् ।
त्यसमध्ये ७७ हजार एक सय ६७ जना निको भइसकेका छन् भने तीन हजार तीन सय ३१ जनाको मृत्यु भएको छ । अहिले चीनमा एक हजार दुई सय ४२ जना कोरोना भाइरसका बिरामी बाँकी छन् । जसमध्ये दुई सय ११ जनाको अवस्था गम्भीर छ ।
हेल्थ कमिशनकाअनुसार एक दिनमा ३० जना लक्षण नदेखिएका संक्रमित पनि फेला परेका छन्। यससँगै चीनमा लक्षण नदेखिएका बिरामीको संख्या पनि एक हजार ३३ पुगेको छ । यसमध्ये करिब एक चौथाइ विदेशबाट आएका मानिस छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी