×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रिदेशीय महाबु सडकखण्डको काम सदरमुकामबाट सुरु हुने, २० करोड बजेट विनियोजन

PRIME CA

त्रिदेशीय महाबु सडकखण्डको काम सदरमुकामबाट सुरु हुने, २० करोड बजेट विनियोजन

अर्थ सरोकार

९ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

दैलेख । सरकारले गत वर्षदेखि पहिलो प्राथमिकतामा राखेको त्रिदेशीय सडकखण्डको काम सदरमुकामबाट सुरु हुने भएको छ । महाबु सडकखण्डमा यस वर्ष रु २० करोड विनियोजन भएको छ । गत वर्षदेखि नेपालगञ्ज, सुर्खेत, दैलेख सदरमुकाम, महावु कालिकोट, जुम्ला, हुम्ला, डोल्पा हुँदै चीनको नाग्चेनाम्लासँग सहज यातायात जोड्ने त्रिदेशीय सडकअन्तर्गत रकम विनियोजन भई काम शुरु गरिएको हो ।
गत वर्ष विनियोजन गरिएको ८० करोड मुगु र डोल्पा सडकखण्डमा खर्च गरिएको थियो । यस वर्ष विनियोजन गरिएको ६० करोडमध्ये मुख्य समस्या मानिएको दैलेख सदरमुकामको काँडाचौरबाट महावु सडकखण्डका लागि २० करोड विनियोजन गरिएको छ । गत वर्षदेखि निरन्तर यस अभियानमा लागेको र यस वर्षबाट सडक स्तरोन्नतिसँगै, सडक चौडा, नाली, ग्याबिन र कालोपत्रका लागि क्रमागत योजनाअन्तर्गत दैलेख खण्डमा २० करोड विनियोजन भएको प्रतिनिधिसभाका सदस्य रवीन्द्रराज शर्माले जानकारी दिनुभयो ।
सडक डिभिजन कार्यालय सुर्खेतअन्तर्गत उक्त रकम खर्च गरिने भएको छ । कूल ६० करोडमध्ये २० करोड महावु सडकखण्डकै लागि भनेर विनियोजन भएर रेडबुकमा आइसकेको छ । सोहीअनुसार ठेक्का खोल्ने र काम अगाडि बढाउने तयारी भएको सुर्खेत सडक डिभिजनका इञ्जीनियर तुलाराम शर्माले जानकारी दिनुभयो । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: