- अर्थ सरोकार सम्बाददाता
कञ्चनपुर । कोरोनाको त्रासका कारण गरिएको लकडाउनका कारण कञ्चनपुरमा मासु विक्री हुन छाडेको छ भने बजारमा अहिले कञ्चनपुरका बजारमा तरकारीभन्दा ब्राेइलर कुखुराको मासु सस्तो भएको छ ।
आलुको मूल्य प्रतिकिलो ५० रुपैयाँ भए पनि जिउँदो ब्राेइलर कुखुराको मूल्य प्रतिकिलो २५ रुपैयाँ छ । मासुभन्दा आलुको मूल्य दोब्बर छ ।
कञ्चनपुरका झन्डै एक हजार कुखुरा उत्पादक किसान छन् ।