×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्वारेन्टाइनमै ‘झ्याप’ भएपछि बैतडीमा ‘बबाल’ : जाँड खाएका स्थानीयले वडाअध्यक्षको नाक पच्काए !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

क्वारेन्टाइनमै ‘झ्याप’ भएपछि बैतडीमा ‘बबाल’ : जाँड खाएका स्थानीयले वडाअध्यक्षको नाक पच्काए !

Artha Sarokar

१७ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बैतडी । पुर्चौडी नगरपालिकाका वडा नम्बर ७ का अध्यक्ष राम बहादुर ऐरमाथि कुटपिट भएको छ । वडाअध्यक्ष  ऐरमाथि आइतबार कुटपिट भएको हो । सोही नगरपालिकाका ३७ वर्षीय धर्मानन्द बडुले वडाअध्यक्ष ऐरमाथि कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए ।

उनका अनुसार वडाको ग्वाल्लेक मावि वडलेकमा निर्माण गरिएको क्वारेन्टाइनमा मदिरा सेवन गरी होहल्ला गरिरहेका बडुलाई सम्झाउन खोज्दा वडाध्यक्ष ऐर कुटिएका हुन् । अहिले उनको अवस्था भने सामान्य रहेको छ ।  वडाअध्यक्षको नाकामा चोट लागेको छ । 

यसअघि पनि चैत १२ राति पुर्चौडी–५ स्थित कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामीलाई पनि क्वारेन्टाइनमै कुटिएका गरिएको थियो । कुटपिट गर्ने स्थानीय नरेन्द्र जागरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी