
काठमाडौँ । सनराइज बैकले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ हस्तान्तरण गरेको छ । बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले सनिबार टेकुस्थित अस्पताल पुगि पिपिइ हस्तान्तरण गरेका हुन् । बैकले पुन प्रयोग गर्न सकिने र एक पटक मात्र प्रयोग गर्न सकिने गरी दुई प्रकारका पिपिइ हस्तान्तरण गरेको छ । बैकले अस्पताललाई उपलब्ध गराएका पिपिइमा ५ थान पुन प्रयोग गर्न सकिने र २० थान एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्रकारका छन् ।
कोरोना भाइरसका शंकास्पद विरामीको परीक्षणका लागि चिकित्सकले लगाउनुपर्ने व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ पर्याप्त नभएका कारण उपचार तथा परीक्षण नै प्रभावित भईरहका बेला बैकले पिपिइ उपलब्ध गराएको हो । बैकले काठमाण्डौ बाहेक ६ वटा प्रादेशिक अस्पतालमा पनि २५ थानका दरले पिपिइ उपलब्ध गराउने प्रमुख कार्यकारी अधिकृत शर्माले जानकारी दिए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शुशिल शर्माले व्यक्तिगत सुरक्षा सामाग्री पिपिइको सहयोगले कोरोना संक्रमितको उपचारमा ठूलो सहयोग मिलेको बताएका छन्।
बैकले वीर अस्पताललाई पनि २५ थान पिपिइ उपलब्ध गराएको छ । सनिबार बिहान प्रमुख कार्यकारी अधिकृत पौडेल वीर अस्पताल पुगी अस्पतालका निर्देशक डाक्टर केदार सेन्चुरीलाई पिपिइ हस्तान्तरण गरेका हुन् । अस्पताललाई उपलब्ध गराईएको पिपिइमा ५ थान पुन प्रयोग गर्न मिल्ने र २० थान पुन प्रयोग गर्न नमिल्ने छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्