×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकद्धारा गण्डकी प्रदेशमा ग्राहक सेवा डेक्स र कर्मचारी सेवा डेस्कको स्थापना

LAXMI SUNRISE BANK

एनआइसी एसिया बैंकद्धारा गण्डकी प्रदेशमा ग्राहक सेवा डेक्स र कर्मचारी सेवा डेस्कको स्थापना

१४ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पोखरा । एनआइसी एसिया बैंककाे गण्डकी प्रदेश शाखाले ग्राहक सेवा डेक्स र कर्मचारी सेवा डेस्कको स्थापना गरेको छ । कोरोना भाइरसका कारण मुलुकनै लकडाउनमा भएकाले आफुहरुले यस्तो गर्नुपरेको बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले जानकारी गराए । उनका अनुसार बैंकहरु बन्द रहेको अवस्थामा घरमै बसेर सोधपुछ गर्न सकिने सुविधासहित डेक्सको स्थापना गरिएको हो ।
बैंकका शाखाहरु बन्द रहेपनि प्रदेशमा रहेका ४७ वटै एटिएम खुल्ला रहने उनले बताए । “बैंकिङ कारोबार र स्वास्थ्य सेवा लगायत विविध विषयमा डेक्समा फोन गरेर सोधपुछ गर्न सकिने व्यवस्था गरेका छौ”, उनले भने । प्रदेशमा २ सय ५० जना भन्दा बढी कर्मचारी र १ लाख २५ हजार भन्दा बढी ग्राहक रहेको उनले बताए । सकेसम्म घरमै बसेर डिजिटल कारोबार गर्न शर्माको आग्रह छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी