काठमाडौं – अर्थमन्त्रालयबाट ‘ग्रिन सिग्नल’ नपाएपछि आइतबार नेपाल धितोपत्र बोर्डले सेयर बजार खुल्ला गरेको छ । शुक्रबार बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले ‘सेयर बजार अत्यावश्यकीय क्षेत्र नभएकाले बन्द गरिने’ बताएका थिए। तर, अर्थमन्त्रालयबाट निर्देशन नआएपछि उनले बजार बन्द गर्ने निर्णय गर्न सकेनन्। आइतबार (आज) बिहान बजारसम्बन्धि छलफल गर्न नेपाल स्टक एक्सचेञ्ज र बोर्डको सञ्चालक समिति बैठक बसेका थिए ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले कारोबार बन्द गर्नका लागि बोर्डले निर्देशन दिनुपर्ने कानुनी ब्यवस्था रहेको छ । उक्त निर्देशन प्राप्त नभएकोले आइतबार बजार खुलेको जनाएको छ । उताबाट आज एक दिन हेरेर साँझतिर आवश्यक निर्णय लिने जबाफ आएको छ’ नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने, ‘अब बन्द गर्ने नगर्ने भरै निर्णय हुन्छ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्