एजेन्सी – अमेरिकाको न्युयोर्क ‘हाइटेक’ सहर अर्काे ‘वुहान’ बन्ने बाटोतर्फ अग्रसर भइरहेको छ। कहिल्यै नसुत्ने यो सहर अहिले कोरोनाभाइरसको चपेटामा परेर शिथिल बनेको छ । करिब ९० लाख जनसंख्या भएको न्युयोर्कमा अहिलेसम्म ८ हजार ३७७ मानिसमा कोरोनाको संक्रमण भएको पुष्टि भइसकेको छ। अहिले अमेरिकी जनतालाई कोरोनाको त्रासले यतिसम्म गाँजेको छ कि हरेक ५ मध्ये १ अमेरिकीलाई आफ्नो घरमै बस्न निर्देशन दिइएको छ।
अमेरिकामा होटल, स्टेडिएम र पार्किङ गर्ने स्थलहरु हस्पिटल र क्लिनिकमा परिणत गरिएका छन्। अमेरिकामा तीव्रगतिमा फैलिएको कोरोनाको संक्रमणलाई ध्यानमा राखेर देशभरि सेना र नेसनल गार्ड परिचालन गरिएका छन्।
कतिले गुमाए ज्यान ?
चीनको वुहान सहरबाट सुरु भएको यो भाइरसले यतिबेला न्युयोर्क सहरको गतिशिलतामा ब्रेक लगाएको छ। न्युयोर्कमा कोरोनाको बढ्दो प्रभावलाई कम गर्न डोनाल्ड ट्रम्प सरकारले यो सहरलाई आपतकालीन क्षेत्र घोषणा गरेको छ। न्युयोर्कमा २४ घण्टामा कोरोना संक्रमितको संख्या दोब्बर हुँदै ८ हजार ३०० पुगेको हो।
यो गम्भीर संकटबाट छुुटकारा पाउन न्युयोर्क संघीय आपत प्रबन्धन एजेन्सीबाट ४२ अर्ब डलरको फन्ड लिइएको छ। कोरोनाले न्युयोर्कमा शनिबारसम्म ४३ जनाको ज्यान लिइसकेको छ। अमेरिकाभर भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३०८ र संक्रमितको संख्या २६ हजार २९ पुगेको छ।
ह्वाइटहाउसमा पनि पुग्यो कोरोना
विश्वभर आतंक फैलाइरहेको कोरोनाभाइरस अमेरिकी राष्ट्रपति निवास ह्वाइटहाउस पनि पुगेको छ। ह्वाइहाउसमा कार्यरत एक कर्मचारी कोरोनाको संक्रमणमा परेको घटना सार्वजनिक भएको हो।
संक्रमित कर्मचारी अमेरिकी उपराष्ट्रपतिका कार्यालयका एक सदस्य रहेको पुष्टि भएपछि ह्वाइहाउसमा आतंक मच्चिएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्