×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विर्तामोडका महेशलाई एनआईसी एशिया बैंकद्वारा १५ लाख रुपैयाँ बिमा रकम हस्तान्तरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

विर्तामोडका महेशलाई एनआईसी एशिया बैंकद्वारा १५ लाख रुपैयाँ बिमा रकम हस्तान्तरण

५ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेड विर्तामोडले गम्भीर रोगको उपचार वापत खातावालालाई १५ लाख भुक्तानी गरेकाे छ । विर्तामोड निवसी महेश अग्रवाललाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले औषधी उपचार बीमा बापत रूपैया १५ लाख भुक्तानी गरेका हुन् । अग्रवालले एनआईसी एशिया बैंकको चन्द्रगढी शाखामा सुपर चमत्कारिक ‘डायमण्ड’ श्रेणीको खाता खोली बीमाको रमम दावी गरेका थिए ।
बैंकले उपलब्ध गराएको बीमासहितको बचत खाता सुविधा अन्तर्गत खातावालाले ओपन हर्ट सर्जरी गराए वापत उक्त रकम बराबरको बीमा लाभ लिएका हुन्। उनले गम्भीर रोगको उपचार बीमा अन्तर्गत उक्त सुविधा हासिल गरेका बताएका छन् । बैंकका अनुसार बीमा सहितको निक्षेप योजना अन्तर्गत अहिलेसम्म देशभरका १ सय २७ भन्दा बढी ग्राहक महानुभावहरूले बीमा वापतको ८७ लाख रूपैयाँभन्दा बढी रकम प्राप्त गरिसकेका छन्छ।
बैंकले तीन किसिमका बीमा सुविधाहरू समेटिएको न्यू सुपर चमत्कारिक बचत खाता सञ्चालनमा ल्याएको जसमा २१ लाख रूपैयाँ बराबरको बीमा लाभको फाइदा ग्राहक महानुभावहरूले लिन सक्ने बैंकले जनाएकाे छ । उक्त खाता खोल्नुभएका ग्राहक महानुभावहरूले २१ लाख रुपैयाँसम्मको सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु वा पूर्ण रुपमा अशक्त भएमा रू. १० लाखसम्म, १८ घातक रोगहरूको लागि रू. १० लाखसम्म तथा रू. १ लाखसम्मको औषधी उपचार बीमा सुविधा बैंकले उपलब्ध गराउदै आएको जनाएकाे छ । औषधी उपचार बीमा अन्तर्गत ८० हजार रूपैयाँ अस्पताल भर्ना र २० हजार रूपैयाँ ओपिडी सेवाका लागि लागू हुने एनआईसी एशिया बैंकले जनाएकाे छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी