
- अर्थ सरोकार सम्बाददाता
सरकारले लकडाउन गरेपछि डिजिटल बैंकिङ कारोबार बढेको छ । नेपाल बैंकर्स संघका अनुसार एटिएम, पिओएस, काउन्टर डिपोजिट र व्युद्ड्रल, इन्टरनेट तथा मोबाइल बैंकिङ र अन्य काउन्टर टिएक्सएनएस मार्फत उपत्यका भित्र हुने कारोबार ह्वात्तै बढेको छ । यसो त यसअघि पनि बैंकहरुले डिजिटल बैंकिंगलाई फोकस गरेका थिए । तर, अघिल्लो पटकको लकडाउन अघिसम्म ग्राहकहरु डिजिटल कारोबारमा त्यतिधेरै अभ्यस्त भएका थिएनन् । अब डिजिटल कारोकार गर्नुपर्छ भन्ने जनचेतना फैलिएपछी यो जारी लकडाउनमा डिजिटल कारोबार ह्वात्तै बढेको छ। तर यति हुँदा हुँदै पनि बैंकहरुमा भीडभाड कायम नै छ ।
काठमाडौँका अधिकांस बैंकहरुमा अझै पनि भीडभाड रोकिएको छैन । आखिर किने ? जानकारहरुले यसका केहि कारण खोतलेका छन् ।

१. अझै पनि धेरै ग्राहक डिजिटल कारोबारको पहुँचभन्दा बाहिर छन् । जसका कारण बैंकमा भीड लागेको छ ।
२. डिजिटल कारोबारमा केहि शुल्क तिर्नुभन्दा निशुल्क नै बैंकबाट पैसा झिकौं भन्ने मनोविज्ञानले पनि काम गरेको देखिन्छ ।

३. धेरैका लागि इन्टरनेट समस्या भएको छ । इन्टरनेटमा भन्दा बैंक नै गएर काम सक्काउँछु भन्ने मनोविज्ञानले काम गरेको छ ।
४. काठमाडौँमा लकडाउन छ भनिएपनि केहि व्यवसाय निर्वाद चलेका छन् । र उनीहरुको काम तीनै बैंकहरुबाट भईरहेको छ ।

५. अरु बेला भन्दा लकडाउनका बेला कम भीड हुने भन्दै धेरैले यति बेला बैंक पुगेर काम सकिरहेका छन् ।
६. बैंक जान लागेको भनेपछि प्रहरीले पनि छोड्ने हुनाले पनि लडाउनका बेला बैंक पुग्नेहरु बढेका छन् ।
७. डिजिटल कारोबारमा कारोबारको सिमा हुने हुनाले पनि धेरैजना बैंक नै गएर कारोबार गर्न बाध्य छन् ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्