Skip to content
LAXMI SUNRISE BANK

सेयर बजारलाई फापेन ५ घण्टे कारोबार, पहिलो दिन नै ६४.१४ अंकले घट्यो परिसूचक !

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ। बिहीबारको तुलनामा नेप्से परिसूचक ६४.१४ अंकले घटेर १३१३.०४ बिन्दुमा आइपुगेको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७४ कम्पनीको ५५ लाख ७० हजार ३० कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब १० करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल १७ करोड ३६ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : एनआईसी एसिया बैंक र एनएमबि बैंकको भएको छ ।
बुधबार सबै उपसुचकहरुमा गिरावट आएको छ । सबैभन्दा युनाइटेड मोदी हाइड्रोपावर, सिन्दू विकास बैंकका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै सामुदायिक लघुवित्त र हिमालयन जनरल इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् । यता आजदेखि सेयर कारोबार ५ घण्टा खुलेको थियो।  तर बजारको समयावधि थप भएको सुरुको दिननै नेप्से परिसूचकमा भारी गिरावट आएको छ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK