×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अहँ…! आजकल रातमा जम्दैन पोखरा… (फोटो कथा)

PRIME CA

अहँ…! आजकल रातमा जम्दैन पोखरा… (फोटो कथा)

२२ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । प्रकृतिको सुन्दरता, मस्ती र मदिरा । पोखरा घुम्न चाहाने पर्यटकले प्राय: रमाइलो गर्ने चीज यिनै हुन् । दिनभर प्रकृतिको काखमा लुटपुटिएर आनन्द लिएपछिको पोखराको ‘नाइट लाइफ’को मज्जा लिनकै लागि पोखरा आउनेहरुको संख्या पनि ठुलो छ । तर आजकल पोखराको ‘त्यो रमाइलो क्रेज’ कोरोनाले निलेको छ । दिउँसो पर्यटक नभेटिने पोखरामा रातमा पनि खास उल्लास छैन । क्लबहरु सुनसान छन् । रेष्टुरेन्टहरुमा भीड छैन । होटलहरु खाली छन् । व्यवसायीहरु फुर्सदिला छन् । 
विश्वभरि फैलिएको नोभेल कोरोना भाइरसको आतंकसँगै बन्द भएको पर्यटक आवागमनका कारण पोखरामा  विदेशीहरुको चहल पहल घटेको छ । सधैंजसो भ्याई नभ्याई हुने  पोखराका गाइडहरु यतिबेला फुर्सदीला छन् । पछिल्लो समय कोरोनाको त्रासका कारण ८० प्रतिशत व्यापारमा गिरावट आएको छ ।
कुनै बेला पोखरा रातभर जम्थ्यो । रातभर व्यवसाय गर्न दिनुपर्यो भनेर पोखराका व्यवसायीहरु लविङ गरिरहेका हुन्थे । तर अहिले गाह्रो छ पोखरामा । पर्यटक छैनन् । पर्यटक नभएपछि रातमा रौनक छैन । अहँ जम्दैन पोखरा । रातमा पोखरा कस्तो देखिन्छ भनेर हेर्न हिडियो भने स्थिति उदेक लाग्दो छ । बस् काला तस्विरहरुमा कुनै रंग छैन । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: