
काठमाडौं – सुन्धारामा रहेको सिभिल मलका लगानीकर्ता आर्थिक संकटमा परेका छन् । इच्छाराज तामाङका ब्यवसायिक साझेदार लालकाजी गुरुङ आर्थिक संकटमा परेका हुन् ।
गुरुङले ऋण तिर्न नसकेपछि सार्वजनिक सूचना जारी गर्दै सहकारीले ३५ दिनको समय दिएको छ। पोखराका लालकाजीको कुल ७ लाख ९९ हजार कित्ता सेयर सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी संस्थामा धितोमा छ। उनले लामो समयदेखि साँवा – व्याज तिर्न नसकेको भन्दै सहकारीले मंगलबार ३५ दिने सूचना जारी गरेको हो।
सिभिल मल सिभिल बिजनेस कम्प्लेक्स प्रालिमा लालकाजी र इच्छाराज तामाङको ५० र ५० प्रतिशत सेयर साझेदारी छ। उनीहरूबीच दुई दशकदेखि ब्यवसायिक साझेदारी चल्दै आएको छ।
स्रोतहरुका अनुसार, दुई जनाबीच ब्यवसायकै कारण बेमेल भएपछि सेयर लिलाम गर्ने चरणमा पुगेको हो। इच्छाराजको सिभिल होम्स ग्रुपमा पनि गुरुङ साझेदार छन् । यो ग्रुपले सिभिल सहकारीबाट सात अर्बभन्दा बढी ऋण लिए पनि तिर्न सकेका छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्