×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल मलको सेयर लिलामीमा, सहकारीले निकाल्यो ३५ दिने सूचना

PRIME CA

सिभिल मलको सेयर लिलामीमा, सहकारीले निकाल्यो ३५ दिने सूचना

२१ फाल्गुन २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – सुन्धारामा रहेको सिभिल मलका लगानीकर्ता आर्थिक संकटमा परेका छन् । इच्छाराज तामाङका ब्यवसायिक साझेदार लालकाजी गुरुङ आर्थिक संकटमा परेका हुन् । 
गुरुङले ऋण तिर्न नसकेपछि सार्वजनिक सूचना जारी गर्दै सहकारीले ३५ दिनको समय दिएको छ। पोखराका लालकाजीको कुल ७ लाख ९९ हजार कित्ता सेयर सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी संस्थामा धितोमा छ। उनले लामो समयदेखि साँवा – व्याज तिर्न नसकेको भन्दै सहकारीले मंगलबार ३५ दिने सूचना जारी गरेको हो।
सिभिल मल सिभिल बिजनेस कम्प्लेक्स प्रालिमा लालकाजी र इच्छाराज तामाङको ५० र ५० प्रतिशत सेयर साझेदारी छ। उनीहरूबीच दुई दशकदेखि ब्यवसायिक साझेदारी चल्दै आएको छ।
स्रोतहरुका अनुसार, दुई जनाबीच ब्यवसायकै कारण बेमेल भएपछि सेयर लिलाम गर्ने चरणमा पुगेको हो। इच्छाराजको सिभिल होम्स ग्रुपमा पनि गुरुङ साझेदार छन् । यो ग्रुपले सिभिल सहकारीबाट सात अर्बभन्दा बढी ऋण लिए पनि तिर्न सकेका छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: