×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाइन रेसुंगा डेभलपमेन्ट बैंक र नेशनल प्याथ ल्याबबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छूट

LAXMI SUNRISE BANK

शाइन रेसुंगा डेभलपमेन्ट बैंक र नेशनल प्याथ ल्याबबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छूट

१६ फाल्गुन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रूपन्देही – शाइन रेसुंगा डेभलपमेन्ट बैंक र नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर, बुटवलबीच सम्झौता भएको छ । सम्झौतामा शाइन रेसुंगाका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङ र ल्याबका अध्यक्ष रुद्र कार्कीले हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै नेशनल प्याथ ल्याबले ट्युमर, क्यान्सर, हर्मोेन, मुटु, मिर्गाैला, कलेजो, बाँझोपन, हाडजोर्नी, फूल बडी चेकअप लगायत सेवामा शाइन रेसुंगाका ग्राहकलाई १५ प्रतिशतसम्म छूट दिने जनाएको छ ।
शाइन रेसुंगाका ग्राहकले बुटवल, भैरहवा, तम्घास, सन्धिखर्क, घोराही र धनगढी शाखाबाट छूट सुविधा लिन सक्नेछन् । बैंकका देशभर ७० ओटा शाखा कार्यालय सञ्चालनमा छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी