×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एउटै मञ्चबाट अर्थमन्त्री र बीमा समितिका अध्यक्षको धम्कीपूर्ण भाषण, ‘…यसो भएन भने कारवाही हुन्छ’ (भिडियोसहित)

PRIME CA

एउटै मञ्चबाट अर्थमन्त्री र बीमा समितिका अध्यक्षको धम्कीपूर्ण भाषण, ‘…यसो भएन भने कारवाही हुन्छ’ (भिडियोसहित)

१२ फाल्गुन २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा दावीको भुक्तानी समयमा नगर्ने बीमा कम्पनीलाई कारबाही गरिने बताएका छन् । राष्ट्रिय बीमा संस्थानको ५३औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले बीमा कम्पनीहरुले दावी भुक्तानी समयमा नगर्ने भएकाले बिमितहरु समस्यामा परेको उल्लेख गर्दै अवदेखि समयमा भूक्तानी नगर्ने कम्पनीलाई नियामक निकायले कारवाही गर्ने बताए । 

‘आफुले गरेको बीमाको रकम तिर्नुभएन तपाईहरु बीमा गर्ने संस्थाहरुले भने कारबाही गर्ने हो । यस्तो पनि हुन्छ हामीकहाँ, बीमा गर्यो समयमा भूक्तानी पाउन गाह्रो, दशथरी प्रमाण जुटाउन प¥यो । अहिलेको प्रविधिको युगमा हामी उच्च प्रविधिको प्रयोग गरेर हरेक किसिमका दुर्घटनाहरुको विवरण लिने र अल्मोष्ट रियलटाइम, तत्कालै सुविधा दिन सक्ने क्षतिपूर्ति दिन सक्ने बिमितको रकम फिर्ता दिन सक्ने यो व्यवस्थामा गइएन भने हामीले जतिसुकै संस्था विस्तार गरेपनि बीमाको विस्तार हुँदैन । हामीले छिट्टो तरिकाले पाउने भुक्तानी दिने विधिमा जानुपर्छ ।’
उनले बीमा कम्पनीहरुले ठुलाठुला ग्राहक खोज्ने ठुल्ठुला कारोबार मात्रै गर्ने सानातिना बीमा गर्नुपर्ने व्यवसायलाई हेर्दै नहेर्ने प्रवृतिको अन्त्य गर्नसमेत आग्रह गरे । करको विषयमा आफु कठोर भएको उल्लेख गर्दै उनले धम्कीपूर्ण भाषामा भने ‘करको विषयमा अलि म कठोरै छु साथिहरु यो बुझ्दिनुहोला ।’-
कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले आगामी आर्थिक वर्षको सुरुदेखि नै जोखिममा आधारित सुपरिवेक्षण र जोखिममा आधारित पूँजीलाई कार्यान्वयनमा ल्याउने बताए । अध्यक्ष चापागाईंले राष्ट्रिय बीमा संस्थान लगायत राष्ट्रिय बीमा कम्पनीको लामो समय देखिको लेखापरिक्षण समपन्न हुन नसकेको र यसलाई छिटो भन्दा छिटो सम्पन्न गर्न समेत निर्देशन दिए । चेतावनीपूर्ण रुपमा उनले नियामकलाई नटेर्ने कम्पनीलाई कार्वाही हुने बताए ।

हेर्नुहोस् भिडियोमा अर्थमन्त्री र बीमा समितिका अध्यक्षले के के भने ?

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: