×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा उछाल आएको दिन लगानीकर्तामा लोभलाग्दो उत्साह, ब्रोकर हाउसहरुमा थामिनसक्नु भीड (फोटो फिचर)

PRIME CA

नेप्सेमा उछाल आएको दिन लगानीकर्तामा लोभलाग्दो उत्साह, ब्रोकर हाउसहरुमा थामिनसक्नु भीड (फोटो फिचर)

११ फाल्गुन २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपालको पूँजीबजारको आइतबार इतिहासमै सबैभन्दा ठुलो कारोबार भएको छ । आइतबार नेप्सेमा ३ अर्ब ६० करोड ८५ लाखमाथिको कारोबार भएको हो । यो इतिहासकै सबैभन्दा बढी कारोबार हो । बिहिबारको तुलनामा नेप्से परिसूचक ६९.५६ अंकले बढेर १५०४.१४ बिन्दुमा पुगेको छ । केहि दिनयता निरन्तर बजार बढी रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७८ कम्पनीको ८७ लाख ६९ हजार ५ सय २२ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६० करोड ८५ लाखमाथिको कारोबार भएको हो । जसमा सबैभन्दा बढी कारोबार एनएमबि बैंकको भएको छ । यस कम्पनीको कुल १२ करोड ५६ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल लाइफ इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको भएको छ । बजारमा यतिबिघ्न उछाल आएको दिन ब्रोकर हाउसहरुमा लगानीकर्ताको भीड र उत्साह निकै लोभलाग्दो थियो । हेर्नुहोस् एक ब्रोकर हाउसमा देखिएका केहि उत्साहका दृश्यहरु : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: