Skip to content
LAXMI SUNRISE BANK

‘त्यस्तो करोडौंको प्रस्ताव धेरैले राख्छन्, काम भए गुपचुप राख्छन्, नभए के हुन्छ देखिहाल्नुभयो’ : बास्कोटा

अर्थ सरोकार

काठमाडौँ । ७० करोडको घुस काण्ड सार्वजनिक भएपछि मन्त्री गोकुल बाँस्कोटाले मुख खोलेका छन् । नेपालगंजमा एक कार्यक्रमका बीच यस प्रकरणमा बोल्दै उनले भने, ‘खाएको विष लाग्छ, नखाएको विष लाग्दैन, एक-दुई दिन मजा लिन दिनुस्।’
यद्यपी सापकोटाले अडियो  रेकर्डमा बोल्ने एकजना मानिस आफू भएको स्वीकार गरेका छन्। ‘त्यस्तो करोडौंको प्रस्ताव धेरैले राख्छन्, कतिले मोबाइल रेकर्ड गर्छन्, काम भए गुपचुप राख्छन्। नभए के हुन्छ देखिहाल्नु भयो’ उनले भने, ‘त्यो काम मैले गरें कि गरिनँ हेर्दा होला।’
‘त्यस्ता प्रस्ताव धेरैवटा आउँछन् । आउनेजति सबै मान्ने हो भने १० अर्ब जतिको आयो होला । अडियो के कसो हो भन्ने बारेमा दिउँसो बोल्छु’, उनले भने।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK