×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी बैंकको अधिकांश सूचकमा सुधार, खुद नाफा २५.४९%ले वृद्धि गरी कमायो ६५ करोड २ लाख रुपैयाँ !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सेञ्चुरी बैंकको अधिकांश सूचकमा सुधार, खुद नाफा २५.४९%ले वृद्धि गरी कमायो ६५ करोड २ लाख रुपैयाँ !

Artha Sarokar

२९ माघ २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको अधिकांश सूचकमा सुधार आएको छ । यो दोस्रो त्रैमाससम्ममा बैंकले खुद नाफा ६५ करोड २ लाख रुपैयाँ कमाउन सफल भएको छ । यो नाफा गत वर्षको तुलनामा २५.४९%ले धेरै हो । गत वर्षको यसै अवधिसम्ममा बैंकले ५१ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको वितरण योग्य मुनाफा भने ४२ करोड ३० लाख रुपैयाँ रहेको छ। 
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: १४.०७% र २५.६७% ले बढेको छ । पुस मसान्तसम्ममा १ अर्ब ५२ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले ९१ करोड ७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको गर्दा खुद नाफा पनि बढेको देखिन्छ ।
दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले ६१ अर्ब २४ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ५९ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ३८ करोड १ लाख रुपैयाँ सञ्चय गरेको छ।
बैंकको कोषको लागत ७.८६%, आधार दर १०.३५% र स्प्रेड दर ४.७६% रहेको छ भने मूल्य आम्दानी अनुपात ११.५२ गुणा रहेको छ । बैंकको वार्षिक प्रतिशेयर आम्दानी १५ रुपैयाँ ४५ पैसा कायम भएको छ। खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको हो । बैंकको प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ कायम भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी