×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा करेक्सन, १२.०९ अंकले बजार घट्दा कारोबार डेढ अर्व माथि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेयर बजारमा करेक्सन, १२.०९ अंकले बजार घट्दा कारोबार डेढ अर्व माथि

Artha Sarokar

२१ माघ २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार १२.०९ अंकले घटेर १३३७.०४ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७६ कम्पनीको  ४९ लाख ४९ हजार १५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ५७ करोड माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार नेपाल इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल १० करोड ७० लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश नेको इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ ।
यता, मंगलबार विकास बैंक, फाइनान्स, निर्जीवन बीमा र अन्य उपसुचक बढेका छन् भने बाँकी सबै उपसुचक घटेका छन् । त्यसैगरी सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स र दिबेश्वोरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै मिथिला लघुवित्त र मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी